देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्रिकेटर ललित भण्डारी दुर्घटनामा

देशान्तर


नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य ललित भण्डारीको दुर्घटनामा परेर हात र खुट्टा भाँच्चिएको छ ।
धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नंम्बरको ट्रकले भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा क्रिकेटर भण्डारी घाइते भएका हुन् । उनीसँगै भाइ नाता पर्ने करन ठगुन्ना पनि घाइते भएका थिए ।

दुर्घटनापछि गम्भीर घाइते भएका भण्डारीको शुक्लाफाटा क्लिनिकमा प्राथमिक उपचारपछि धनगढीकै निसर्ग अस्पतालमा लगिएको थियो ।

धनगढीबाट गयराति नै नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको छ । अहिले उनको त्यहाँ उपचार भइरहेको छ । कोहलपुर ल्याए लगत्तै गरिएको सिटी स्क्यानको रिपोर्ट पनि भर्खरै आएको छ ।

सिटी स्क्यानको रिपोर्टमा टाउकोमा चोट नदेखिएको अस्पतालले जनाएको छ । उनको दायाँ हात र खुट्टा दुवै भाँच्चिएका छन् । त्यसको उपचार भइरहेको छ ।