देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिन्धुपाल्चोक पहिरो : ११ शव भेटियो, अझै २० जना बेपत्ता

देशान्तर

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–७ को घुम्थाङमा रहेको नागपूजे र भीरखर्कमा गएको पहिरोमा परी बेपत्ता भएकामध्ये ११ जनाको शव भेटिएको छ । पहिरोमा अझै २० जना हराइरहेका छन् । ज्यान गुमाउनेमा ७ महिला र ४ पुरुष रहेको प्रहरीले जानकारी दिएको छ ।

पहिरोमा परेका ६२ वर्षकी भक्तिमाया श्रेष्ठ, वर्ष १० की ल्याक्सी तामाङ, वर्ष ६५ का धनलाल नेवार, वर्ष २४ को शुकलाल विक, वर्ष २३ को जुनु विक, वर्ष ८ का सन्देश विक, वर्ष ४२ की ज्ञानीमाया प्रधान, वर्ष ६० का सर्किनी नेवार र वर्ष ६० की हिरामाया नेवारको शव भेटिएको बाह्रबीसेकी उपमेयर सुशीला पाख्रिनले जानकारी दिएकी छिन् ।

यस्तै थप दुई जनाको शव पनि प्रहरीले फेला पारेको छ । ५ वर्षीय सरस्वती विक र २८ वर्षीय करण श्रेष्ठको शव फेला परेको उपमेयर पाख्रिनले जानकारी दिएकी छिन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीय युवाहरु उद्धार कार्यमा खटिएका छन् । पहिरोमा परी घाइते तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा ल्याइएको छ ।