देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौं महानगर मेयर शाक्य कोरोना संक्रमण मुक्त

देशान्तर

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमण मुक्त भएका छन् । मेयर शाक्यको आइतबार कोरोना रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ ।

उनले शनिबार स्वाब दिएकोमा आइतबार नतिजा निगेटिभ आएको हो । शाक्यले केही दिन निवासमै आरामपछि नियमित काममा फर्किनु हुने बताइएको छ ।मेयर शाक्यलाई १५ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

शाक्य संक्रमित बनेसँगै केही दिन घरमै आइसोलेसनमा बसेर पत्नीसहित पाँचतारे होटल सोल्टी क्राउन प्लाजाको आइसोलेसन सेन्टरमा सरेका थिए । सोल्टीको आइसोलेसनमा बसेको भन्दै मेयर शाक्यको आलोचना भएको थियो ।