देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गण्डकी प्रदेशमा ६५ कोरोनामा संक्रमण पुष्टि – नवलपुरका मात्रै ३३ जना

देशान्तर

काठमाडौं । गण्डकी प्रदेशमा थप ६५ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहान ९ : ५० बजे र १० : ४५ बजे १७,१७ जना र ११ बजे ३१ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

निर्देशनालयका अनुसार नवलपुरका ३३ जना, कास्कीका १२ जना, तनहुँका ११ जना, लमजुङका ५ जना, स्याङजाका र पर्वतका २ , २ जना रहेका छन् ।

तनहुँका ५ जना संक्रमित प्रहरी हुन् भने अन्य सबै कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् ।

क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, भरतपुर अस्पताल, चितवन र क्षयरोग उपचार केन्द्रमा भएको परीक्षबाट उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

योसँगै गण्डकीमा संक्रमितको संख्या २७९५ पुगेको छ ।