देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वरिष्ठ पत्रकार हरिहर विरही कोरोनामुक्त

देशान्तर

काठमाडौं कोरोना संक्रमण देखिएका वरिष्ठ पत्रकार हरिहर विरही अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना पुष्टि भएपछि विरही ८ दिन अघिदेखि बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा उपचाररत थिए। उनी आजै अस्पतालबाट डिस्चार्ज भएका हुन्।

आफू कोरोनामुक्त भएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन्। उनले भनेका छन्, भेच्छु र मान्यजनहरूको शुभेच्छा र आशीर्वाद तथा दक्ष चिकित्सकहरूको सहयोगले गर्दा पूर्ण स्वस्थ्य भै अस्पतालबाट फर्किएको छु।

विरही संक्रमण पुष्टि भए पनि लक्षण नदेखिएपछि ३ दिनसम्म होम आइसोलेसनमै बसेका थिए। विरहीका श्रीमती र छोरीमा पनि संक्रमण देखिएको छ।

स्टार र ह्याम्समा परीक्षण गराउँदा श्रीमती ज्ञानु र छोरी डा. ओजस्वीसहित मेरो स्तब्धकारी नतिजा आएपछि घरमै आइसोलेसनको विधि अनुरूप बसेकोमा तीन दिनपछि अस्पताल जानु पर्ने बिवशता आयो उनले भनेका छन्।

विरही कोरोनामुक्त भए पनि उनका श्रीमती र छोरी भने अस्पतालमा रहेका छन्। ज्ञानु र ओजस्वी अझै त्यहीं छन्। उनीहरूको स्वास्थ्य सुधोरोन्मुख छ। उनीहरू पनि छिट्टै कोरोना( मुक्त घोषित हुने क्रममा छन्।

संक्रमणको पुष्टि भएपछि अत्यन्त तनावपूर्ण एवं मानसिक र शारीरिक दृष्टिले कष्टयुक्त रहेको उनले बताएका छन्। तनाव र संघर्षको जटिल क्षणमा शुभेच्छा र आशीर्वाद दिएर मनोबल र शक्ति उच्च पार्ने र उपचारमा खट्ने सबै चिकित्सक तथा स्वास्थ्यकर्मीमाले आभार व्यक्त गरेका छन्।