देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सीपीएलको उपाधि ट्रिनबागो नाइटराइडर्सलाई

देशान्तर

क्यारेवियन प्रिमियर लिग क्रिकेट सीपीएलको उपाधि ट्रिनबागो नाइटराईडर्सले जितेको छ । गएराति भएको फाइनलमा किरोन पोलार्डको कप्तानीमा रहेको नाइटराईडर्स जारी सिजनमा अपराजित रहँदै उपाधि हात पार्न सफल भयो ।

लिगको आठौं संस्करणको फाइनलमा सेन्ट लुसिया जुक्स ८ विकेटले पराजित भयो । नाइटराईडर्सको यो चौथो सीपीएल उपाधि पनि हो ।

ब्रायन लारा स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको सेन्ट लुसियाले १९.१ ओभरमा सबै विकेट गुमाएर १४५ रन बनाएको थियो । नाइटराईडर्सले १५५ रनको लक्ष्य १८.१ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गरेको थियो । नाइटराइडर्सको सुरुआत भने राम्रो थिएन ।

१९ रन हुँदा २ विकेट गुमाएको अवस्थमा लेन्डल सिमोन्सले नट आटउ ८४ तथा डेरेन ब्राभ्रोले नटआउट ५८ रन खेल्दै जीत दिलाए । यस्तै सेन्ट लुसियाविरुद्ध नाइटराईडर्सका कप्तान किरोन पोलार्डले ४ विकेट लिएका थिए । पोलार्डले ४ ओभरमा ३० रन खर्चिएर ४ विकेट लिएका थिए ।