देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एक जिल्लाबाट अर्को जिल्लामा जानेले अनिवार्य १४ दिन आफ्नै खर्चमा क्वारेन्टिनमा बस्नुपर्ने

देशान्तर

काठमाडौं । अब विदेशबाट आउने र एक जिल्लाबाट अर्को जिल्ला आवतजावत गर्ने सबैलाई आफ्नै खर्चमा १४ दिन अनिवार्य रूपमा क्वारेन्टिन बस्नुपर्ने भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यसरी १४ दिनसम्म क्वारेन्टिन बस्दा पनि कुनै लक्षण नदेखिएमा उनीहरुले पिसिआर परीक्षण गर्नुनपर्ने बताएका छन् । त्यस्तै, सरकारले पिसिआर टेस्ट महँगो र धेरै समय लाग्ने भएका कारण एन्टिजेन टेस्ट गर्न स्वीकृति दिएको पनि डा. गौतमले जानकारी दिए ।