देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकाले खारेज गर्यो एक हजारभन्दा बढी चिनियाँ विद्यार्थीको भिसा

देशान्तर

काठमाडौं । आफ्नो देशप्रति खतराको कारण देखाउँदै अमेरिकाले एक हजारभन्दा बढी चिनियाँ विद्यार्थीको भिसा रद्द गरेको छ । अनुसन्धानकर्ताहरूले ती विद्यार्थीबाट अमेरिकाका लागि खतरा रहेको औँल्याउँदै प्रतिवेदन दिएका थिए ।

सन् २०१८–१९ मा झन्डै तीन लाख ७० हजार चिनियाँ विद्यार्थी अमेरिकी विश्वविद्यालयमा भर्ना भएका थिए । तीमध्ये एकहजारहाराहारी को भिसा रद्द गरिएको हो । गत मे महिनामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ सेनासँग सम्बन्ध भएका चिनियाँ नागरिकलाई लक्षित गरी गरेको एउटा घोषणाअनुरूप यस्तो निर्णय आएको हो ।

मे २९ को घोषणामा उनले अमेरिकाबाट संवेदनशील प्रविधि र बौद्धिक सम्पत्ति हात पार्न चीनले एउटा अभियान नै सञ्चालन गरेको आरोप लगाएका थिए । त्यसका लागि चिनियाँ विद्यार्थीहरू प्रयोग गरिएको अमेरिकाको दाबी छ।

ट्रम्पले चिनियाँ नागरिकले अमेरिकाको डेटा र बौद्धिक सम्पत्ति चोरेको दाबी गर्दै उनीहरुमाथि अनुसन्धान गर्न निर्देशन दिएका थिए । अमेरिकी सरकारको यस निर्णयका विषयमा चीनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । तर, अमेरिकामा अध्ययनरत केही चिनियाँ विद्यार्थीले विश्वविद्यालयमा आफूहरूलाई शंकाको भावले हेर्ने गरिएको बताएका छन् ।