देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सीपीएलको उपाधिका लागि नाइटराईडर्स र सेन्ट लुसिया भिड्दै

देशान्तर

क्यारेवियन प्रिमियर लिग (सीपीएल)को फाइनल आज हुँदै छ । फाइनलमा ट्रिनबागो नाइटराईडर्स तथा सेन्ट लुसिया आमने सामने हुँदैछन् ।

खेल नेपाली समय अनुसार राति पौने ८ बजे शुरुहुने छ । अपराजित रहेको नाइटराइडर्स चौथो उपाधि जित्ने लक्ष्यमा रहेको छ । सेन्ट लुसिया भने पहिलो पटक उपाधि जित्ने लक्ष्यका साथ फाइनलमा उत्रने छ । नाइटराईडसले अहिलेसम्म फाइनलमा पराजय भोग्नु परेको छैन ।

नाइटराईडर्सले सेमिफाइनलमा नेपाली खेलाडी सन्दीप लामिछाने आवद्ध जमैका तालवाजलाई ९ विकेटले पराजित गरेको थियो ।

उता अर्को खेलमा सेन्ट लुसियाले जम्मा ४.३ ओभरमा गुएना अमेजनले दिएको लक्ष्य पुरा गरेको थियो ।