देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

गण्डकी – गण्डकी प्रदेशमा मंगलवार थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। थपिनेमा कास्कीको पोखरा महानगरपालिकामा मात्रै पाँच जना छन् भने नवलपरासी (बर्दघाट सुस्तापूर्व)का छ जना छन्।

नवलपरासीका सबै सङ्क्रमितलाई आइसोलेसन केन्द्र लगिसकिएको र कास्कीका सङ्क्रमितलाई आइसोलेसन केन्द्र लैजाने तयारी गरिएको निर्देशनालयले जनाएको छ।

योसँगै गण्डकीमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ६१२ पुगेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए।