देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्याङ्जाका २२ जनासहित गण्डकी प्रदेशमा ६९ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडौ । गण्डकी प्रदेशमा थप ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहान विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार स्याङ्जाका २२ जना, कास्कीका २० जना, नवलपरासी सुस्तापूर्वका १३ जना, तनहुँका ७ जना, बाग्लुङका ३ जना, लमजुङ र गोरखाका दुईरदुई जनामा कोरोना संक्रमित थपिएका हुन् ।

सङ्क्रमितमध्ये २ जना स्वास्थ्यकर्मी छन् भने २ जना फाइनान्समा काम गर्ने कर्मचारी रहेका छन् । सङ्क्रमितमध्ये एक हजार सात सय ६६ जना निको भएका छन् भने १८ जनाको मृत्यु भएको छ ।