देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोभिड संकटसँग जुध्न पर्सामा ‘वातावरण जिउने आधार’को सहयोग कार्यक्रम

देशान्तर

वीरगञ्ज । लिभिङ विथ इन्भारामेन्ट (वातावरणसँग जिउने आधार) नामक संस्थाले कोभिड एक्सन टिम (क्याट) पर्सालाई मास्क र ग्यास सिलिन्डर सहयोग गरेको छ । कोरोनाभाइरस महामारीले निम्त्याएको संकटको समयमा विभिन्न माध्यमबाट सहयोग र सहकार्य गरिरहेको क्याटलाई संस्थाले शनिबार एउटा अनौपचारिक कार्यक्रमकाबीच क्याटका सदस्यहरुलाई मास्क र ग्यास सिलिण्डर सहयोग गरेको हो ।

क्याटले पछिल्लो केहि दिनदेखि निषेधाज्ञाका कारण गरिव र अतिविपन्नका लागि भोजन शिविरपनि सुरु गरेको छ । संस्थाका केन्द्रीय अध्यक्ष आकाश चौहानको नेतृत्वमा गएको टोलीले क्याटका संयोजक जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्मद मियाँलाई ७ थान ग्यास सिलिण्डर र २०० थान मास्क हस्तान्तरण गरेको थियो ।

हस्तान्तरण कार्यक्रममा क्याटका तबरेज अहमद, श्याम पटेल, संजीव मिश्रा, शैली चौधरी, वातावरणसँग जिउने आधारका जिल्ला संयोजक विकास चौहान, पर्सा जिल्ला अध्यक्ष रोहित बरनवाल र कोषाध्यक्ष पवन पटेललगायातको सहभागिता रहेको थियो ।