काठमाडौं । नेपाल फिजियो थेरापी संघले आफ्ना सदस्यहरुको १ करोड बराबरको विमा निःशुल्क संघकै लागतमा गरेको छ । फिजियो थेरापिष्टहरुको छाता संगठन नेपाल फिजियोथेरापी संघले (नेप्टा)मा आवेदन दिएका सबै साधारण सदस्यहरुको बीमा संघकै लागतमा गरिएको हो ।
पछिल्लो समय कोरोना भाइरसको महमारीका कारण स्वास्थ्यकर्मीहरुमा समेत कोरोणा संक्रमण बढदै गएको भन्दै संघका उपाध्यक्ष नविना श्रेष्ठ र कोषाध्यक्ष दिल्दीप खनालको संयोजनमा आईएमई इन्स्योरेन्स कम्पनीबाट बीमा गरिएको हो ।
बीमा गर्नका लागि अस्ट्रेलियाम भएका नेपाली फिजियोहरुले समेत संघलाई आर्थिक रुपमा सहयोग गरेका छन् । सय जना भन्दा बढीको बीमा गर्दा कुल बीमांक रकम एक करोड नौ लाख हाराहारी रहेको छ ।
कुल ६०० जना सद्स्य भएको यस संस्थाले हाल आवेदनको आधारमा सय भन्दा बडीको कोरोणा विमा गरेको छ ।
यसले यस्तो बेला समेत काममा निरन्तर खटिएका स्वास्थ्यकर्मीहरुको मनोबल बढाउने र प्रोत्साहन बढ्ने संघको घारणा छ ।
यो विमा गरेका कोई फिजियो चिकित्सकलाई कोरोणा लागे १ लाख विमाँक रकम पाउने संघका काषाध्यक्ष दिल्दीप खनालले बताए ।
फिजियोथेरापिष्टहरुले विरामीको नजिक गई उपचार गर्नु पर्ने हुँदा संक्रमणको जोखिम हुने गरेको संघका प्रवक्ता तथा महासचिव समिद कतिला श्रेष्ठले बताए ।
कोरोणा पोजेटिभ भएका सबैलाई फिजियोथेरापी आवस्यक नभए पनि केही स्वास प्रश्वासका समस्या तथा अन्य शारिरीक समस्याहरुका यो उपचार गर्नुपर्ने हुँदा हाल केही अस्पतालहरुमा कोरोणा विरामीको फिजियोथेरापी भईरहेको छ ।
बाहिरंग सेवा (ओ पि डी)मा पनि फिजियो चिकित्सकहरुलाई संक्रमण हुने बढी सम्भावना रहने गर्छ ।
प्रतिक्रिया