देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खोपलाई अनुमति दिन हतार नगराैं : डब्लुएचओ

देशान्तर

विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरस विरुद्धको खोपलाई अनुमति दिने प्रक्रियामा हतार गर्न नहुने स्पष्ट पारेको छ । जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा संगठनकी प्रमुख वैज्ञानिक सोम्या स्वामीनाथनले खोपलाई स्वीकृति दिने प्रक्रियालाई गम्भीरतापूर्वक लिन जरुरी रहेको बताएका हुन् ।

विभिन्न देशहरुले बिभिन्न चरणमा भ्याक्सिनको परीक्षण गरिरहेका बेला उनले परीक्षण पुरा नगरी औषधिलाई मञ्जुरी दिने कुरा हलुका विषयमा लिने विषय नभएको समेत बताए ।

रुसले परीक्षण नसकिँदै खोपलाई अनुमति दिइसकेको छ भने अमेरिकामा पनि परीक्षण पुरा नहुदै अनुमति दिने विषय चर्चामा छ । डब्लुएचओका अनुसार अहिले तेतिसवाटा खोपको क्लिनिकल परीक्षण चलिरहेको छ । १ सय ४३ खोप अझै पनि प्री–क्लिनिकल चरणमा छन् ।

डब्लुएचओले पर्याप्त तयारीविना लकडाउन नहटाउन पनि चेतावनी दिएको छ । नयाँ संक्रमित फेला परिरहेका देशमा मानिसलाई भेला हुन दिएमा विनासलाइ निम्ता दिए सरह हुने डब्लुएचओले जनाएको हो ।