काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भीआईपीहरुमा पनि कोरोना संक्रमणको जोखिम बढेको भन्दै यसबाट जोगिएर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।
हिजो मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई त्यस्तो निर्देशन दिएका हुन् । गृहमन्त्री रामबहादुर थापा र रक्षामन्त्री ईश्वर पोखरेल आइसोलेसनमा बसेका कारण नेकपा सचिवालय बैठकै रोकिएको थियो ।
तर, हिजाको क्याबिनेट बैठकमा भने गृहमन्त्री रामबहादुर थापा र रक्षामन्त्री ईश्वर पोखरेल दुवै जना उपस्थित भएका थिए । दुवै मन्त्रीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आइसकेको छ ।
प्रतिक्रिया