देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जापानी कम्पनीले गर्‍यो उड्ने कारको मान्छे राखेरै सफल परीक्षण [भिडियो]

देशान्तर

टोकियो – दुनियाँ कोरोना कहरमा डुबिरहेका बेला जापानले भने उड्ने कारको मान्छे राखेरै सफल परीक्षण गरेको छ । सहज ढंगमा सडकमा गुडिरहेको कार एकाएक आकाशमा उड्न थाल्यो भने मानिस चकित पर्नु स्वाभाविकै हो ।

यस्तो कारको चाहना नराख्ने को होला ? सडकमा जाम, मानिसको भीडले हैरान कार प्रयोगकर्ताहरुले उड्ने कारको सपना देख्न थालेको लामो समय भइसकेको छ । यही सपनालाई पूरा गर्ने दिशाका अघि बढेको छ जापान । जापानको स्काईड्राइभ इन्कले एक व्यक्तिमाथि यो कारको सफल परीक्षण गरेको हो ।

जापानको इतिहासमै पहिलोपटक मान्छे राखेरै उड्ने कारको सफल परीक्षण गरिएको हो । एसडी-०३ मोडल भनिएको यो कार विद्युतीय भर्टिकल टेकअफ र ल्यान्डिङ साधन संसारकै पहिलो भएको दाबी गरिएको छ । शुक्रबार सम्पन्न उक्त परीक्षण उडान ४ मिनेटको थियो ।

स्काईड्राइभ परियोजनाका प्रमुख तोमोहिरो फुकुजावाका अनुसार यो कार २०२३ सम्म बजारमा आउने छ । यसलाई सुरक्षित बनाउने काम भने बाँकी नै रहेको उनले स्वीकारेका छन् ।

हेर्नुस् भिडियो :-