देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्वीडेनमा कुरान जलाएकोमा प्रदर्शन

देशान्तर

युरोपेली मुलुक स्वीडेनमा आयोजना गरिएको र्‍यालीमा कुरान जलाएको विरोधमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

गत शुक्रबार स्वीडेनको धुर दक्षिणपन्थी पार्टीका नेता रासमुस पालुदनको नेतृत्वमा प्रवासन नीतिको विरोधमा आयोजना गरिएको एक र्‍यालीका क्रममा कुरान जलाइएको थियो ।

सोही घटनाविरुद्ध स्वीडेनको माल्मो शहरमा आयोजना गरिएको विरोेध प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले आगजनी गरेपछि स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले बल प्रयोग गरेको हो ।

प्रदर्शनकरीहरुले निजी तथा सरकारी सवारीसाधनलगायत कतिपय सरकारी भवनहरुमा समेत तोडफोड तथा आगजनी गरेका छन् ।

सोही क्रममा प्रहरी र प्रदर्शनकारीबीच ठाउँ ठाउँमा झडप हुँदा कयौं प्रदर्शनकारी घाइते भएका छन् भने सय भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको छ ।

राममुस पालुदन स्वीडेनमा जारी देशको प्रवासन नीतिको विरुद्धमा लागेपछि स्वीडेन सरकारले उनलाई एक महिना जेल सजाय समेत दिएको थियो ।