काठमाडौ । जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिने भएका छन्। आफ्नो स्वास्थ्यका कारण सरकारलाई अफ्ठेरोमा नपार्ने भन्दै आवेले राजीनामा दिन लागेको बीबीसीले जनाएको छ।
जापानी सञ्चारमाध्यम एनएचकेका अनुसार आबेले यही हप्ता दुई वटा अस्पतालमा स्वास्थ्य जाँच गराएका थिए। आबे लामो समयदेखि अल्सरेटिभ कोलाइटिसको समस्याबाट पीडित भएको र पछिल्लो समय स्वास्थ्य अवस्थामा बिग्रिएको बताइएको छ।
आबेको कार्यकाल सन् २०२१ को सेप्टेम्बरमा सकिँदैछ। आबेको राजीनामापछि उपप्रधान तथा अर्थमन्त्री तारो आसोले कामचलाउ प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने बताइएको छ।
प्रतिक्रिया