नेपाल !!! विश्वभरीमा आजका मिति सम्म कुनै शक्तिसाली देशले आफ्नो उपनिवेस कायम गर्न नसकेको गौरवशाली ईतिहाॅंस वोकेको सॅंसारकै शुन्दर र प्राकृतिक सौन्दर्यताले भरपुर रूपमा सजिएको शुन्दर फुलवारी हो ।
वीर गोर्खाली कहलिएका नेपाली नागरीकको गौरवको रक्षा गर्दै देशको सर्वांगीढ विकाशमा सम्पुर्ण नेपाली नागरीक आफ्नो व्यक्तिगत स्वार्थलाई चट्क्कै विर्सिएर एकजुट भएर अघि वड्नु अति आवस्यक भैसकेको । वुध्दको जन्मस्थल र सॅंसारकै सर्वोच्च शिखर सगरमाथाको गौरव वोकेको , सॅंस्कृतिको धनी , सॅंसारकै Highest per capita income हुन सक्ने सम्भावना सहीत वीविधता मा एकता , प्राकृतिक सम्पदाले भरपुर , हीमाल, पहाड , तराई सवै किसिमको हावापानी भएको सुन्दर फुलवारीका हामी नेपाली नागरिक आज कुन अवस्थाको जीवन गुजारा गरिरहेका छौं ? हामी सवैले गम्भिर र जिम्मेवार भएर मुल्याॅंकन गर्नु अति आवस्येक भैसकेको छ । हाम्रो राष्ट्रिय पहिचानै मेटाउने गरी सवै क्षेत्रवाट आक्रमण भई नै रहेको वर्तमान परिस्थितिमा हामीले नागरिकको भूमिका निर्वाहा गरेका छौं त ?
नेपाल एकीकरण गरेका दूरदर्शी राष्ट्र निर्माता पृथ्विनारायण शाहको दुख: ले आर्ज्याको मुलुकमा कानुनी शासन व्यवस्था , मानविय सेवाको सामाजिक अवस्था , यहाॅंको जनताको जनजिविका कस्तो हालतमा छ ? प्रजा मोटा भया , दरवार वलियो हु्न्छ …. निया निसाप विगार्न्या भनेका घुस दिन्या र घुस लिन्या दुवै देशका सत्रु हुन् ।
स्वदेशी उद्याेगलाई प्रोतसाहन गरी आत्मानिर्भर हुने , छिमेकीसॅंगको मैत्रीपुर्ण सम्वन्ध कायम गर्ने ….. जस्ता दिव्य उपदेशहरूको अनुसरण खोई ? कहाॅं पुगे ? पुर्खाहरूको रगत पसिनाले सॅंसारमै कहीले पनि सुर्यास्त नहुने शक्तिशाली व्रिटिश साम्राज्यसॅंग लडेर आफ्नो सीमा रक्षा गरेको इतिहास भुलिसकियो ? शासक वर्ग र जनता विचको सम्वन्ध कस्तो हुन पर्छ ? अहिले नेपालको वर्तमान शासन प्रणालीले देश र जनताको हितमा र राष्ट्रको गौरव वढाउन के कस्ता काम गरीरहेका छन् ? हाम्रो देशको भविष्य कस्तो हुनु पर्ने हो ? र यहि स्थिति रहि रहने हो भने हामी कहाॅं पुगेर समाप्त हुदैछौं ?
यस्को लेखाजोखा गर्न नेपाल भित्रै नेपाली नागरिकको खोजी हुन जरूरी भैसकेको छ । सचेत नेपाली नागरीकले शासक वर्गलाई मात्र दोष दिएर आफ्नो जिम्मेवारी पुरा हुनै सक्दैन । देश र जनताको हितमा आफुहरूले निर्वाह गर्नुपर्ने जिम्मेवार भुमिका के हुन् त भनि केही विश्लेषण गर्ने जमर्को गरिएको छ ।
नेपाल एकिकरण पश्चातका शासकहरू र हाल सम्मका सॅंघिय लोकतांत्रिक गणतन्त्र नेपालको करीव दुई तिहाई जनमत प्राप्त नेपाल कम्युनिष्ट पार्टीको सरकारले चलाई रहेको शासन व्यवस्थामा जनताहरूले के भिन्नता महसुस गरेका छन् ?
जनचाहना अनुसार देश चलेको छ त ? भनिन्छ नि जनता नै सार्वभौम सम्पन्न उत्तराधिकारी हुन कुनै पनि सार्वभौम स्वतन्त्र देशका र उनिहरूको सहज जिविकोपार्जनको लागी जनताकै प्रतिनिधीहरू द्वारा जनतामाथी शासन गर्ने प्रजातान्त्रिक प्रणाली नै सर्वोत्तम प्रणाली हो सॅंसार भरीमै र त्यही अनुसार राज्य प्रणाली चल्नु पर्छ । राष्ट्र र जनताको सर्वोपरी हितलाई केन्द्रविन्दुमा राखेर चलेको शासन पध्दती नै सफल तथा स्थायी रहन्छ ।
शासक वर्गको व्यक्तिगत स्वार्थ,नातावाद , कृपावाद , धन दौलत , पद प्रतिष्ठा कमाउनमा र आफु शक्तिशाली कहलिने ऊदेश्य मात्रै राखेका नेतृत्ववर्ग वाट देश र जनताको कल्याण कदापी हुनै सक्तैन । जव सम्म नागरीक सचेत वन्दैनन् तवसम्म शासक वर्गले मनोनानी गरी नै रहन्छन् । हाम्रो देशको हाल यस्तै देखिएको छ । सामान्य जिवन यापनको लागी गाॅंस , बास कपास , शिक्षा , स्वास्थ्य वाहेक के नै वडि चाहिएको हो र हामी नागरीकलाई ?
स्वतन्त्रताको नाम मा छाडापन , जथाभावी लेख्ने र वोल्न पाएका छन् , के यही नै उपलव्धी हुन् यो नया सॅंविधान २०७२ र १० वर्षे कठोर हतियार सहितको विद्रोही गतिविधीको प्रतिफल ? हरेक सरकारका एकै प्रकारका भाषाहरू जनताको हितमा केन्द्रित रहेको खोख्ला भाषणले असली जनता र विशुद्द नेपाली नागरीक वाक्क, दिक्क , व्याक्क भैसकेका छन् ।
आखिरमा गरीवी र वेरोजगारी नै एक मात्र प्रमुख समस्या हुन यो देशको । यही समस्या न्यूनिकरण गर्नु नै मुख्य उदेश्य हुनु पर्छ हरेक सरकारको । तर आज कतातिर लम्केको छ हाम्रो राष्ट्रिय निती निर्माताहरूको ध्यान दृष्टी ?? देशको आर्थिक समृध्दी हासिल गर्नु नै राजनितिक पार्टीहरूको लक्ष्य हुनुपर्ने होईन र ???
हामी ३ करोड नेपालीका प्रतिनिधित्व गर्ने असॅंख्य राजनितिक दलहरूका कार्यकर्ताहरू अधिकतम २० लाख , निजामति कर्मचारी वर्ग १ लाख , नोपाली सैनिक १ लाख , नेपाल पुलिस र शसत्र प्रहरी सुरक्षाकर्मी हरू १ लाख , सामाजिक सॅंघ सॅंस्था , उद्योगी व्यापारी वर्ग १ लाख र जिम्मेवार चैथो ॲंगका पत्रकारहरू १ लाख गरी करिव २५ लाख वाहेकका अरू लाई सर्वसाघारण जनता नै मानौं न । यो ॲंकडामा समेटिएका २५ लाख मानिसहरूको जिवन यापन त सहज होला वाॅंकी २ करोड ७५ लाख सर्वसाधारण जनताको स्थिति के छ ?
कति कष्टकर जीवन विताउन वाध्य छन् , भोक रोग र गरिवीले पिल्सिएका ती जनसाधारण जनताको पनि उत्तिकै हक अधिकार छ यो देशमा । उनिहरूको आवाजको प्रतिनिधित्व कस्ले गरेका छन् ? जवकी हरेक राजनितीक दलहरूले भन्ने गरेका छन् हामी ति सोझा र अनभिज्ञ निमुखा जनताको सेवामा तल्लिन छौं भन्ने कृतिम भाषणवाजी मात्र गर्न माहीर देखिएका छन् । तर त्यो वनावटी आवाज लक्षित वर्गमा पुगेको पनि छैन र उनिहरूले अनुभुत गर्न पनि सकेका छैनन् ।
समान हक र कानुनी राज्यको महसुस गर्नै सकिएको छैन । ठुलालाई चैन सानालाई ऐन , जीसका लाठी उसिका भैंस नै देखिएका छन् । जतिसुकै ठुला क्रान्ती भनिए,गरिए पनि ति भोका नाॅंगा नेपाली नागरिक विकासको फल चाख्नवाट वॅंचित छन् । केही टाठावाठाका भाषण वाजी वाट मख्ख रहेका ति नेपाली नागरीक नव्यूझिए सम्म यो देशको मुहार नफेरीने कुरा निश्चित छ ।
सवै राजनैतिक पार्टीहरू र राजनेता कहलिएका सवै नेताहरू आफ्नो कुर्सिकै लडाई र पदीय भागवण्डा , नियुक्ती खरिद विक्रीमै आफ्नो समय व्यतित गरीरहेका छन् । कसरी वडि भन्दा वडि नियुक्तीहरू आफ्नो पक्षमा लिन सकिन्छ भनि निरर्थक शक्ति खर्च गरीरहेका छन् । जनताका सपनामाथी नाॅंगो नाच निर्वस्त्र नाचिरहेका यस्ता घृणित दृष्यहरू हेरेरै वसिरहने कि नागरीक जागरूक हुने ? यस्ता कुरुति विरूध्द शसक्त प्रतिरोध गर्ने ?
काम , क्रोध , लोभ ,मोह त्यागी मुटुमा हात राखी नागरिकहरू व्यूझिन पर्यो र सच्चा नागरीकको कर्तव्यपालना गरी समृध्द नेपाल सुखि नेपालीको राष्ट्रिय सपना साकार गर्न र भ्रष्टाचार रहित सुशासन कायम गर्न एक्यवध भई राष्ट्रको नाममा वलिदान हुन तैयार मानिसहरू नै वास्तविक रूपमा विशुध्द नेपाली नागरीक हुन् आज त्यसै नागरीकको खोजी भईरहेको आजको यथार्थ हो।
मानव भर्सेस कोरोना भाईरसको विश्वव्यापी लडाई चलिरहेको यस्तो दर्दनाक परिस्थितिको सामना कसरी गर्ने ? कालापानी लिपुलेक , लिम्पियाधूरा सहित छिमेकी राष्ट्रले गरिरहेको सीमा अतिक्रणलाई कसरी पराजित गरी आफ्नो भुमी फिर्ता लिने , सलहको आक्रमणवाट कसरी वाली वचाउने र किसानलाई आवस्यक पर्ने मल, विउ विजन लमयमै उपलव्ध गराउने जस्तो समस्याहरू सॅंग जुध्ने रणनितिको लागी एक मिनेट पनि वैठक गरी समाधानका उपायहरू वारे विज्ञहरू सॅंग छलफल गरेका समाचारहरू सुन्न समेत पाईएका छैनन् ।
सवै आफै जान्ने भएका छन् । सत्तारूढ र प्रतिपक्ष पार्टीका सवै नेतागण आफ्नो गुटको रक्षा गर्न र आन्तरीक भागवण्डा साथ आफ्नो पद जोगाउने लडाई मै केन्द्रित छन् । यस्ता नेतृत्वगण वाट कसरी निकास निक्लला यो विषम राष्ट्रिय समस्याहरू वाट ? भरोसा गर्ने कुनै आधार देखिदै देखिएन । जव सम्म देश र जनताको वास्तविक समस्या वुझेर यहाॅंका विशुद्ध नेपाली नागरीकहरू , जो स्वतन्त्र छन् र कुनै राजनितिक पार्टीको झण्डा नवोकेका , नेताका पिछलग्गु भरौटे नवनिसकेका राष्ट्रलाई निस्वार्थ सेवागर्न तत्पर युवाहरू सडकमा निस्कदैनन् यी राष्ट्रीय समस्याहरू आगामी हज्जारौं वर्ष सम्म पनि यथावतै रहने कुरामा कुनै दुविधा नै रहेन ।
हरेक नागरीकले गम्भीर भएर निस्वार्थ र ईमान्दार रूपमा वर्तमान समयमा भैरहेको व्यापक अनियमितता , भ्रष्टाचारगरी नेपाल आमा माथी भएको वलात्कार विरूध्द लडी देशको लागी वलिदान हुन तैयारहुने विशुध्द नेपाली नागरीकहरू को खोजी गरी उनीहरूलाई एउटा शसक्त नयाॅं शक्तीको रूपमा रुपान्तरण गर्नु आजको समयको माग हुन गएको छ ।
नेपाली युवा जनशक्ति ५० डिग्रीको तापमानमा खाडी क्षेत्रमा आफ्नो जवानी र शक्ति खेर फालिरहेका युवा जनशक्ति पनि कोरोनाको कहरले स्वदेश फर्कन वाध्य छन् । युरोप,अमेरीका र अष्ट्रेलिया लगायतका विकशित देशमा अध्ययनरत र कार्यरत आधुनिक वैज्ञानिक युगको प्रतिनिधित्व गर्न सक्षम युवा जनशक्ति हरू पनि स्वदेशमै पौरख गर्नु पर्छ , राष्ट्र र जनताको कल्याण नै आफ्नो जीवनको लक्ष साथै सफल जीवन रहेछ भन्ने विषय वुझिसकेका सक्षम युवा पुस्ता पनि नेपाल फर्कने क्रममा छन् । तिनै युवा शक्तिले मात्र यो देशको समस्याको पहाडलाई किनारा लगाउन सक्छन् । पूराना परम्परागत राजनैतिक पार्टी र वृध्दवयमा पुगीसक्नु भएका नेतागणहरूले ससम्मान विश्राम लिएर देश र जनताको हितमा एक मात्र चन्द्र सूर्य ॲंकित राष्ट्रिय झण्डा वोकेका युवा पुस्ताले यो देशको वागडोर सम्हाल्ने गरी तेश्रो जनविद्रोहको थालनि गरीहाल्नु पर्ने आजको अपरीहार्य आवस्यक्ता हो ।
लेखक :- रोशन श्रेष्ठ , हाम्रो नेपाल , सुसासन अभियानका सामाजिक अभियन्ता हुन् ।
प्रतिक्रिया