काठमाडौँ । एभरेष्ट बैंकले आफ्नो ग्राहकहरुको सुरक्षालाई ध्यानमा राखी आरटी-पिसिआर परीक्षणको लागि सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेट्री (सीडीएल), कमलपोखरी सँग सहकार्य गरेको छ ।
हाल कोभिड-१९ को कठीन समयमा ग्राहकहरुको सहजताको लागि एभरेष्ट बैंकले आरटी-पिसिआर परीक्षणमा छुटको व्यवस्था गरेको छ । जस अन्तर्गत एभरेष्ट बैंकको डेबिट र क्रेडिट कार्ड होल्डर ग्राहकहरुले सीडीएल बाट आरटी-पिसिआर परीक्षण गर्दा सरकारी दर अनुसार लाग्ने ५५ सयमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
नगद करोबारमा पनि कोभिड-१९ को जोखीम भएको हुँदा, ग्राहकहरुले इबिएल मोबाईल बँकिङ्ग एप (इबिएल टच २४ ) प्रयोग गरेर पनि कोभिड-१९ परीक्षण शुल्क भुक्तानी गर्न सक्नेछन् ।
बैंक र सीडीएलबीचको सहकार्य, बैंकका नायब-महाप्रबन्धक, डा.सन्धीर कुमार र सिडीएल प्रयोगशालाका कार्यकारी निर्देशक, मनीष पोखरेलको उपस्थितिमा सम्पन्न भएको छ ।
स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो ९५ शाखा संजाल, प्रादेशिक कार्यालय ,१२४ एटीएम बुथसहित अत्याधुनिक मोबाइल र इन्टरनेट रएसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ ।
यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।
प्रतिक्रिया