देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टिकटकका सीईओ केभिन मायरले राजीनामा दिए

देशान्तर

काठमाण्डौ – लोकप्रिय चिनियाँ भिडियो शेयरिङ एप्लिकेसन टिकटकका कार्यकारी प्रमुख (सीईओ) केभिन मायरले राजीनामा दिएका छन् ।

केही महिनाअघि मात्र कम्पनीको प्रमुख कार्यकारीमा नियुक्त भएका मायरले कम्पनी छाड्नुपर्दा आफूलाई निकै दुःख लागेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको संस्थापक कम्पनी बाइटडान्स सहित मेसेजिङ एप्लिकेसन विच्याटमाथि अमेरिकामा प्रतिबन्ध लगाउने चेतावनी दिँदै एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेसँगै दुवै चिनियाँ कम्पनीहरु अहिले सङ्कटमा छन् ।

राष्ट्रपति ट्रम्पको आदेशविरुद्ध सान फ्रान्सिस्कोमा चिनियाँ मेसेजिङ एप्लिकेसन विच्याटका प्रयोगकर्ताले अदालतमा चुनौती दिने बताएका छन् ।

उत्तर अमेरिकी टिकटकका महाप्रबन्धक भेनिसा पाप्पाले कम्पनीको अन्तरिम प्रमुखकको पद सम्हाल्ने छन् । टिकटकले पनि मायरले राजीनामा दिएको पुष्टि गर्दै पछिल्ला केही महिनादेखि अमेरिकी राजनीतिक घटनाक्रमका कारण मायरको भूमिका परिवर्तन भएको जनाएको छ ।