देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौंमा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै बढी, आज ३०१ संक्रमित थपिए

देशान्तर

काठमाडौं पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना संक्रमण भेटिएको छ। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्। बुधबार काठमाडौंमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकामा एकै दिन संक्रमित हुनेको संख्या यो अहिलेसम्मकै बढी हो।

आज देशभर ८८५ नयाँ संक्रमित थपिएका छन्। देशभर हालसम्म ३४ हजार ४ सय १८ पुगेको छ। २४ घन्टायता ३८५ जना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँग नेपालमा डिस्चार्ज हुने संक्रमितको संख्या जना डिस्चार्ज भएसँगै १९ हजार ५०४ पुगेको मन्त्रालयले जनाएको छ।