देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नायिका तथा निर्देशक सबामाथि अफगानिस्तानमा गोली प्रहार

देशान्तर

अफगानिस्तानमा चलचित्र नायिका तथा निर्देशकमाथि गोली प्रहार भएको छ ।

अफगानिस्तानको काबुलमा ४४ वर्षीया पहिलो महिला निर्देशक सबा शहरमाथि गोली प्रहार भएको हो ।

गोली लागेर घाइते अवस्थामा रहेकी सबालाई अस्पताल भर्ना गरिएको छ ।

कामको सिलसिलामा कारमा सवार उनीमाथि तीन जना बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका हुन् ।

उनी सवार कारमा दुइजना सुरक्षागार्ड, एक बालक र कार चालक रहेको अवस्थामा गोली प्रहार गरिएको हो ।

बन्दुकधारीमाथि सुरक्षागार्डले जवाफी कारबाही गरेपनि उनीहरु भाग्न सफल भएका छन् ।