भारतमा गएको २४ घण्टामै ६८ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण देखिएको छ । भारतमा एकैदिन ६८ हजार पाँच सय भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको हो । हिजो एकै दिन भारतमा नौ सय ८१ जनाको मृत्यु भएको छ ।
भारतमा अहिलेसम्म २९ लाख चार हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । ५४ हजार नौ सय ७५ जनाको कोरोनावाट मृत्यु भैसकेको छ । संक्रमितमध्ये २१ लाख ५७ हजार निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ६१ हजार ८ सय ५१ नयाँ संक्रमित थपिएका छन् भने ६ हजार एक सय जनाको मृत्यु भएको छ ।
त्यस्तै हालसम्म अमेरिकामा सबैभन्दा धेरै एक लाख ७७ हजार ३ सय भन्दा बढीको मृत्य भएको छ । त्यहा संक्रमितको संख्या ५७ लाख ४५ हजार भन्दा पुगेको छ । त्यस्तै ब्राजिलमा १ लाख १२ हजार ४ सय भन्दा बढीको मृत्यु भएको छ । मेक्सिकोमा मृत्यु हुनेको संख्या ५८ हजार ५ सय, बेलायतमा ४१ हजार रहेको छ ।
विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ लाख ९६ हजार तीन सय नाघेको छ । हालसम्म २ करोड, २८ लाख ३१ हजार पाँच सय भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये एक करोड ५५ लाख भन्दा बढी निको भएका छन् ।
प्रतिक्रिया