देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोनाका बिरामी नराख्ने निजी अस्पताललाई कारबाही

देशान्तर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा मेडिकल कलेजले सरकारका निर्देशनबमोजिम कोरोना संक्रमितका लागि बेड छुट्याएर उपचार प्रक्रिया अघि नबढाए कारबाही गर्ने जनाएको छ। सरकारले एक साताअघि निजी अस्पताललाई २० प्रतिशत र मेडिकल कलेजलाई ३३ प्रतिशत बेड कोभिड १९ का बिरामीको लागि छुट्याउन निर्देशन दिएको थियो।

निर्देशन पालना नगर्ने भनेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन पालना नगरेमा कारबाही गर्ने चेतावनी दिएको हो। ‘कोभिडको लागि बेड नछुट्याउने मेडिकल कलेज तथा अस्पतालले कोभिड परीक्षण प्रयोगशालाको अनुमति पाउने छैनन् र पाएकाहरुको पनि खारेज गरिनेछ’, बुधबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने। हाल केही मेडिकल कलेजले कोभिड १९ परीक्षण ल्याब खोल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा निवेदन दिएका छन्, कतिपय अस्पतालले अनुमति पाइसकेका छन्।

निजी अस्पताल तथा मेडिकल कलेजमा अन्य रोगको उपचारमा पुगेका बिरामीमा कोभिड १९ पुष्टि भएमा सोही अस्पतालमा व्यवस्थापन गर्न सरकारले निर्देशन दिएको थियो। सरकारको निर्देशन निजी अस्पतालहरुले संक्रमण फैलिन्छ भन्दै अस्वीकार गरिरहेको डा. गौतमले बताए। ‘निजी अस्पतालमा अपरेसन गरेका बिरामीमा कोभिड १९ देखियो भने सरकारीमा कसरी पठाउँछन्’, उनले भने। नागरिक दैनिकमा खबर छ ।