देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आमिर खान सधैं विवादमा किन?

देशान्तर

आमिर खान र विवाद पुरानो सम्बन्ध हो । आमिरले थोरै फिल्महरु बनाए पनि हरेक फिल्म कुनै न कुनै रुपमा विवाद हुँदै आएको छ । कहिले फिल्मको सिनका कारण त कहिले प्रमोशनका नाममा उनको फिल्म विवादमा तानिएकै हुन्छ ।


फिल्म ‘पीके’ रिलिज हुँदा उनी सिनका कारण विवादमा तानिएका थिए । उक्त सिनमा भगवान शंकर बनेका व्यक्ति विभिन्न ठाउँमा भागेको हुन्छ र त्यसको पछि पछि आमिर लागेका हुन्छन् । यो सिनलाई कथाको माग भनेर आमिरले जवाफ दिए पनि देवी देवतालाई यसरी अपमानित गर्न नहुने तर्क गर्ने पनि भारतमा धेरै छन् । धर्म गुरुहरुले नै आमिरलाई विवादमा तानेका थिए ।
फिल्म पीकेको प्रमोशनमा पनि उनी विवादमा तानिए । उक्त प्रमोशनका लागि तयार पारिएको पोस्टरमा नग्न अवतारका कारण विवादमा तानिएका हुन् ।


आमिर खानको विवादसँग पुरानो नाता छ । ५ वर्ष अघि विवादमा आउँदा उनकी श्रीमतीले भारतमा बस्न डर लाग्न थालेको बताएकी थिइन् ।
उक्त भनाई पछि झनै विवादमा आमिर तानिएका थिए । जसका कारण सरकारले उनलाई ‘अतिथि देवो भव’ को ब्राण्ड एम्बासडरबाट हटाएको थियो ।
सन् २००६ मा आमिरले नर्मदा बचाओ आन्दोलनमा समर्थन जनाएका थिए । मेधा पाटकरसँग मिलेर धर्नामा समेत आमिर बसेपछि गुजरातका सिनेमा हलमा उनका फिल्म प्रतिबन्ध गरिएको थियो ।
आमिर खान अक्सर विवादमा तानिइरहने कलाकारमा पर्छन् । उनको पटक पटक बलिउड स्टारहरुसँग पनि विवादका घटनाहरु सार्वजनिक हुने गरेका छन् । फिल्म ब्ल्याका विषयमा अमिताभ बच्चनमाथि गरिएको टिप्पणी उनका लागि महँगो परेको थियो ।


आमिर र शाहरुख खानको पनि झगडा मिडियामा आइरहेको हुन्छ । यी दुई खानले कहिल्यै पनि एकै साथ फिल्म खेलेका छैनन । आमिरले एक पटक घरमा पालेको आफ्नो कुकुरको नाम शाहरुख राखेको बताएका थिए ।


आफ्ना हरेक फिल्मको प्रमोशनका लागि आमिरले अनेक तरिकाहरु अपनाएको पाइन्छ । कहिले उक्त विवाद प्रमोशनको तरीका पनि बन्ने गरेको छ ।

अहिले आमिर फेरी एक पटक विवादमा तानिएका छन् । कारण हो उनी टर्कीका राष्ट्रपतिकी श्रीमतीसँग भेटेर । एमीन एर्दवानले ट्वीट गर्दै विश्कै चर्चित भारतीय अभिनेता, निर्मात तथा निर्देशक आमिर खान इस्तानबुलमा छन् । हाम्रा लागि खुशीको कुरा हो । अझ बढी लाल सिंह चड्ढा फिल्को सुटिङ टर्कीका विभिन्न ठाउँमा हुँदैन छ । त्यसपछि आमिर ट्रोल हुन शुरु गरेका छन् । –एजेन्सीको सहयोगमा