देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्वारेन्टिनमा बसेका २२ वर्षीय युवककाे मृत्यु

देशान्तर

इलामको सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टिन बसेका २२ बर्षीय एक पुरुषको मृत्यु भएको छ ।
भारतको हैदराबादबाट आई साउन २६ गते देखि क्वारेन्टाईनमा बस्दै आएका सूर्योदय नगरपालिका ९ घर भएका पुरुषको मृत्यु भएको हो ।

उनको स्वास्थ्यमा समस्या भएपछि आईतबार बिहान १० बजे देखि सूर्योदयन गरपालिकाको स्वास्थ्यकर्मीको टोलीले उनको उपचार गरेपनि राती मृत्यु भएको उनको उपचारमा खटिएका डा. सरोज दर्नालले जानकारी दिएका छन ।

साउन २९ गते उनको स्वाब संकलन गरी मेची अञ्चल अस्पताल पठाईए पनि उनको रिर्पोट भने आउन वाँकी रहेको स्वास्थ्य कार्यालय इलामका कोरोना फोकल पर्सन बिमल बरालले जानकारी दिए ।