देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना संकटमा खटेबापत जनप्रतिनिधिलाई १२ लाख भत्ता !

देशान्तर

सिराहा जिल्लाको औरही गाउँपालिकाका जनप्रतिनिधिले कोभिड– १९ संकटमा खटेबापत ११ लाख ९६ हजार रुपैयाँ भत्ता लिएका छन् । 

गाउँपालिकामा २९ सदस्यीय सभा र १३ सदस्यीय कार्यपालिका छ । सभा सदस्यहरूलाई जनही १७ हजार, कार्यपालिका सदस्यहरूलाई २५ हजार, वडाध्यक्षहरूलाई ५० हजार, उपाध्यक्षलाई ८५ हजार र अध्यक्षलाई करिब एक लाख रुपैयाँ वितरण गरिएको छ । यस्तै, स्वास्थ्यकर्मीहरूलाई आठ लाख र गाउँपालिका कर्मचारीलाई दुई लाख ९४ हजार रुपैयाँ बाँडिएको छ । गाउँपालिकाले कार्यविधि बनाएर जोखिम भत्ता उपलब्ध गराएको निमित्त प्रशासकीय अधिकृत लक्ष्मण साहले बताए ।

यसैबीच, कोभिड– १९ रोकथाममा उक्त गाउँपालिकाले अत्यधिक खर्च देखाएको बताउँदै अख्तियारले छानबिन थालेको छ । अख्तियारको टोलीले गाउँपालिकाले गरेको खर्चको बिल, भर्पाइलगायत कागजात नियन्त्रणमा लिएको छ । टोलीले गाउँपालिका अध्यक्ष सिद्धार्थ यादव, उपाध्यक्ष सीता यादवलगायतसँग सोधपुछ पनि गरेको छ । नयाँ पत्रिकामा खबर छ ।