देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बुटवलमा पिसिआर परिक्षणको नतिजा आधा घण्टामै

देशान्तर

रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालमा आधा घण्टामै कोभिड-–१९ को परीक्षण गर्न सकिने द्रुत परीक्षण सेवा शुरु भएको छ ।

कोरोना सङ्क्रमण भएमा ४५ मिनेट र नभएका खण्डमा ३० मिनेटसम्मा नतिजा दिने मेसिन जडान गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. राजेन्द्र खनालले जानकारी दिए ।

पिसिआर परीक्षणलाई तीव्रता दिन नेपाल सरकार, राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत उपलब्ध जिन एक्सपर्ट मेसिनलाई अपडेट गरी अस्पतालमा एक्सपर्ट एक्सप्रेस सार्स कोभ –२ परीक्षण सेवा शुरु गरिएको अस्पतालले जनाएको छ ।

प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले आज मेसिनबाट आफ्नै स्वाब परीक्षण गरी सेवा शुभारम्भ गरे ।

सामान्य पिसिआर परीक्षणको समयावधि ढिला हुँदा उपचार समस्या भएको गुनासो आइरहेको बेला यस यन्त्रबाट सहयोग मिल्ने मन्त्री बरालले बताए ।