देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कालीमाटी, कुलेश्वर र बल्खु क्षेत्रका ४० बढी तरकारी व्यापारीमा कोरोना संक्रमण

देशान्तर

काठमाडौँको कालीमाटी, कुलेश्वर र बल्खु क्षेत्रका ४० जनाभन्दा बढी फलफूल तथा तरकारी व्यापारीमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

कोरोना सङ्क्रमणको समस्या दिन प्रतिदिन बढ्दै गएपछि काठमाडौँ महानगरपालिका–१४ ले कुलेश्वर र बल्खु क्षेत्रका पसल तथा केही बस्ती ‘सिल’ गरेको छ ।

कामपा–१४ का वडाध्यक्ष शोभा सापकोटाले बुधबार र बिहीबार गरी ४० जनाभन्दा बढीमा कोरोना सङ्क्रमण भएकोे जानकारी दिइन् ।

बन्दाबन्दी हटेसँगै फलफूल तथा तरकारी बजारमा भारत र तराईबाट धेरै जना फर्किएका कारण कोरोना सङ्क्रमण बढेको अनुमान गरिएको छ ।

वडाध्यक्ष सापकोटाले केही दिनसम्म टोल, बस्ती र बजार नै सिल गरी कोरोना नियन्त्रणको प्रयास अगाडि बढाएको बताइन् ।
त्यस्तै वडा कार्यालयले अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गरेको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीले स्थानीय तहसँगको समन्वयमा कोरोना रोकथाम तथा नियन्त्रण कार्य भइरहेको जनाएको छ ।

वृत्त प्रमुख रुगम कुँवरले कोरोना सङ्क्रमण देखिएका टोल, बस्ती, पसल सिल गरी कडाइ गरिएको तथा अत्यावश्यकबाहेक अन्य पसल बन्द गरिएको स्पष्ट पारे । गाेरखापत्रमा खबर छ।