देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौं उपत्यकामा १२७ कोरोना संक्रमित थपिए

देशान्तर

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार १२७ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

आज सहित काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या १५५९ पुगेको छ। संक्रमितको संख्या काठमाडौंमा १२७८, ललितपुरमा १९१ र भक्तपुरमा ११० पुगेको मन्त्रालयका प्रवक्ता गौतमले बताएका छन्। बिहीबार देशभर ५२५ संक्रमित थपिएका छन्।

योसँगै कुल संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ भने १०९ जना संक्रमित निको भएका छन्। निको हुनेहरुको संख्या १६ हजार ८ सय ३७ पुगेको छ।