देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रुसपछि चीनले कोरोनाको भ्याक्सिन बनायो

देशान्तर


एजेन्सी । रुसपछि चीनले पनि कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाएको छ। रुसले बनाएको भ्याक्सिन स्तुपनिक ५ लाई दर्ता गरेर प्रयोग अनुमति दिएलगत्तै चीनले पनि आफूले बनाएको भ्याक्सिन सेनामा प्रयोग अनुमति दिएको हो ।

चीनले क्यानसिनो बायोलजिक्सको भ्याक्सिनलाई निश्‍चित परिमाणमा मात्रै प्रयोग गर्न मञ्‍जुरी दिएको छ। चीनले यो भ्याक्सिन दर्तापछि चिनियाँ जनमुक्ति सेनामा प्रयोगका लागि उपलब्ध गराएको हो।

रुसले केही दिनअघि गामालेया रिसर्च इन्स्टिच्युटको भ्याक्सिन सर्वसाधरणमा पनि प्रयोग अनुमति दिइसकेको छ। त्यसको पहिलो प्रयोगका रुपमा दुई डोज भ्याक्सिन राष्ट्रपति भ्लादिमिर पुटिनकी एक छोरीमा लगाइएको छ।

जसबाट उनको शरीरको तापक्रम घटेको छ भने एन्टीबडीहरु पनि बन्‍न थालेका बताइएको छ। रुस र चीनले बनाएका भ्याक्सिन अहिले तेस्रो चरणको परीक्षणबाट गुज्रिरहेका छन्। चीन र रुस दुवैले आफ्नो भ्याक्सिनले कोरोनाविरुद्ध प्रभावकारी काम गरेको दाबी गरिरहेका छन्।