September 27, 2020, Sunday
२०७७ आश्विन १२
ताजा अपडेट
ताजा अपडेट ×

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

मुगु । जिल्ला सदरमुकाम गमगढीबाट जिल्लाकै सोरु गाउँपालिकास्थित तारापानीतर्फ जाँदै गरेको बोलेरो जीप आज दुर्घटना हुँदा गाडीमा सवार एकजना यात्रुको मृत्यु हुनाका साथै १० जना घाइते भएका छन् । सोरु गाउँपालिकातर्फ जाँदै गर्दा छायाँनाथ रारा नगरपालिका–३ निगाले गाउँ नजीकै (साधेपानी भन्ने स्थानमा) क१ज ३२ नंको बलेरो जीप सडकबाट १०० मिटर तल खसेको थियो ।

छायाँनाथ रारा नगरपालिका–१३ रुगा गाउँका १८ वर्षीय धर्म लावडको घटनास्थलमै मृत्यु भएको हो । घाइतेहरुमा जुम्ला सिञ्जा गाउँपालिका घर भई हाल कोहलपुर सोतयामा बस्दै आएका चालक खेमराज हमाल, सोरु गाउँपालिका–८ रुमका सिद्ध रावल, विर्षना रावल र टेकराज रावल, सोही गाउँपालिका वडा नं ५ नेरका सुरेश शाही, राजबहादुर शाही, वडा नं ९ कालैका रघु विटालु, भक्त लावड, वडा नं ३ कमलराज बुमी र वडा नं ७ ख्यालचका रुपलाल बुढा रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी गराए ।

घाइतेहरुको हाल जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ भने सोरु गाउँपालिका–५ का ६२ वर्षीय राजबहादुर शाही र वडा नं ७ का रुपलाल बुढाको अवस्था गम्भीर भएकाले जिल्ला बाहिरका सुविधा सम्पन्न अस्पतालमा उपचार गर्नका लागि रिफर गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीले बताए ।


  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares