देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल बैँकद्वारा कोरोना रोकथाम कोषमा साढे तीन करोड

देशान्तर

नेपाल बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जम्मा भएको रु. ३ करोड ४६ लाख रकमको चेक नेपाल सरकारको कोरोना रोकथाम, नियन्त्रण र उपचार कोष हस्तान्तरण गरेको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडालाई सो बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले आज उक्त चेक हस्तान्तरण गरे।

बैँकले हरेक वर्ष आफ्नो मुनाफाको एक प्रतिशत बराबरको रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गदैै आएको थियो ।

देशभर फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण तथा कोरोना भाइरसका कारण उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि नेपाल सरकारले चालेका कदममा साथ दिन र मौद्रिक नीति, २०७७-७८ मा भएको व्यवस्था तथा नेपाल राष्ट्र बैंकको निर्देशनका आधारमा उक्त रकम हस्तान्तरण गरिएको बैँकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।

कार्यक्रममा मन्त्री डा खतिवडाले कोरोना रोकथाम र नियन्त्रण गर्ने नेपाल सरकारको प्रयासमा बैंकले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए । बैँकका अध्यक्ष अधिकारीले सरकारले चालेका कदममा बैंकको सदैव साथ रहने बताए ।