देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काेराेनाबाट जनकपुरमा एक हाेटेल ब्यवसायीकाे मृत्यु

देशान्तर

जनकपुरका एक होटल व्यवसायीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बीस दिनदेखि काठमाडौंमा उपचार गराइरहेका संक्रमितको गएराति मृत्यु भएको हो ।

मुटु लगायतका रोगका विरामी उनीमा कोरोना पोजेटिभ देखिएको थियो । होटेल रामाका संचालक समेत रहेका गिरिलाई अवस्था गम्भिर भएपछि उपचारका लागि काठमाडौ ल्याइएको थियो । कोरोना संक्रमणबाट धनुषामा अहिलेसम्म चार जनाको मृत्यु भइसकेको छ ।

जनकपुरधाम प्रादेशिक अस्पतालको आइशोलेसनमा उपचार गराइरहेकै बेला विदेह नगरपालिकाका ६० वर्षिय पुरुषको मंगलवार मृत्यु भएको थियो ।

आइतवार जनकपुरधामको कदमचौक स्थित विनय तारा फाउन्डेशन अस्पतालमा सुरक्षा गार्डको रुपमा कार्यरत एकजना पुरुषको पनि मृत्यु भएको थियो ।

एकसाता अघि धनुषाका शहीदनगर नगरपालिका डुमरियाका ३८ वर्षीय एक युवकको उपचारको क्रममा मृत्यु भएको थियो