देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

देशान्तर

चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी उपचारका लागि गएराति अमेरिका प्रस्थान गरेका छन ।

स्वास फेर्न कठिन भएपछि दत्त अगस्ट ८ मा मुम्बइस्थित लीलावती अस्पताल भर्ना भएका थिए । अस्पतालमा उपचारका क्रममा उनलाई फोक्सोको क्यान्सर भएको पत्ता लागेको हो । क्यान्सर भएको सार्वजनिक भएपछि उनका प्रशंषकले उनको सीघ्र स्वास्थ्य लाभको कामना गर्दै सामाजिक सञ्जालमा पोष्टहरु गरेका छन ।

उनकी आमा नरगिसको पनि क्यान्सरका कारण सन् १९८१ मा आमाको निधन भएको थियो । ६१ बर्षि दत्तको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।

दत्तका श्रीमती र सन्तान कोरोना भाइरस संक्रमणका कारण गरिएको लकाउनका कारण पाँच महिनादेखि दुबईमा रहेका छन ।