देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपति कार्यालय ह्वाइट हाउस नजिकै गाेली चल्याे

देशान्तर

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस नजिकै गोली चलेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले नियमित पत्रकार सम्मेलन गरिरहेको समयमा गोली चलेको हो । गोली चलेपछि ट्रम्पले गरिरहेको पत्रकार सम्मेलन केही समय प्रभावित समेत भएको छ ।

गुप्तचर निकायका एजेन्टले विशेष जानकारी दिएपछि पत्रकार सम्मेलन छोडेर भित्र गएका थिए । घटना हुँदा ह्वाइट हाउस लकडाउन गरिएको थियो ।

8

झण्डै नौ मिनेटपछि पुन: पत्रकार सम्मेलन स्थलमा फर्किएका ट्रम्पले गुप्तचर निकायका एजेन्टले आरोपित बन्दुकधारीलाई गोली प्रहार गरेको जानकारी आफूलाई रहेको बताए ।

घटना असामान्य भए पनि गुप्तचर निकायको व्यवसायिकताको भने प्रशंसा गर्नु पर्ने ट्रम्पले बताएका छन् ।

गोली प्रहारवाट घाइतेलाई अस्पताल लगिएको छ । गुप्तचर निकायले पनि गोलीकाण्ड भएको र थप विवरण आउन बाँकी रहेको उल्लेख गरेको छ ।