देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गण्डकी प्रदेशमा ८ जना विरामी थपिए

देशान्तर

पोखराका चार जनासहित गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षण अनुसार गण्डकी प्रदेशमा थप ८ जना संक्रमण पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ३१ पुगेको छ ।
कोरोना संक्रमण पुष्टि हुनेमा पोखरा महानगरपालिका ५ र ३० का २ जना पुरुष रहेका छन् । त्यस्तै वडा नम्बर ५ र १७ का एक- एक जना महिलामा पनि संक्रमण पुष्टि भएको छ । तनँहुका दुई जना पुरुषमा पनि संक्रमण देखिएको छ ।

धौलागिरी अस्पताल बागलुङमा कार्यरत दुई जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा अस्पतालका १ पुरुष र १ महिला स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालको आइसोलेसन कक्षमा कार्यरत एक महिला स्वास्थ्यकर्मीलाई साउन २० गते कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका र अस्पतालमा कार्यरत गरी ३२ जना स्वास्थ्यकर्मीको पिसिआर परीक्षण गर्दा २ जनालाई संक्रमण देखिएको हो ।