देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चार सय तालिवानी विद्राेही कैदीलाई माफ

देशान्तर

अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानीले चार सय विवादास्पद तालिवानी कैदीलाई माफी दिने निर्णय गरेका छन् । राष्ट्रपति घानीले एक आदेश जारी गरी ती कैदीको सजाय मिनाहा गरेको बताएका हुन् ।

तालिवानी लडाकूले सूचीवद्ध गरेका पाँच हजार कैदीमध्ये चार सय कैदीको सजाय मिनाहा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमध्यमहरुले जनाएका छन् ।

गत फेब्रुअरीमा कतारमा संयुक्त राज्य अमेरिका र तालिवानीबीच भएको शान्ति सम्झौतामा अफगान सरकारले पाँच हजार तालिवानी लडाकू र तालिवानी लडाकूले एक हजार सरकारी सैनिक रिहा गर्ने सहमति भएको थियो ।

गत मार्चमा अफगान सरकारले एक सय विद्रोही र तालिवानी लडाकूले एक हजार सरकारी कर्मचारी र सैनिक रिहा गरिसकेको छ ।

सम्झौता अन्र्तगत अमेरिका र नाटोको नेतृत्वमा गठन भएको सेनाले आगामी वर्षको जुलाईसम्ममा अफगानिस्तान छोडिसक्ने छन् ।

यता सरकारले भने तालिवानीलाई माफी दिने सम्बन्धमा जारी गरिएको आदेशको प्रावधानले व्यक्तिलाई आफ्नो अधिकारका लागि मुद्दा चलाउने बाटो खुला रहेको स्पष्ट पारेको छ ।

अधिकारीहरुका अनुसार सरकारी नियन्त्रणमा रहेका तालिवानी लडाकू रिहा भएलगत्तै लामो समयदेखि जारी द्वन्द्व अन्त्यका लागि अफगानिस्तनमा शान्ति वार्ताको बाटो खुलेको बताइएको छ ।