देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नबिल बैंकको डेपुटी सीइओमा रेग्मी र शाक्य

देशान्तर

काठमाडौं । नबिल बैंक लिमिटेडको डेपुटी सीइओमा विनय कुमार रेग्मी नियुक्त भएका छन् । नबिल बैंकको केही दिन अघि बसेको सञ्चालक समितिको बैठकले सोही बैंकमा नायव महाप्रबन्धक तथा कम्पनी सचिवको रुपमा कार्यरत रेग्मीलाई बढुवा गरी डेपुटी प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।

बैंक संचालक समितिले उनलाई आन्तरिक बढुवाबाट डेपुटी सीइओ नियुक्त गरेको हो । उनी नबिलले हालै सुरु गरेको नबिल डिजी बैंकका प्रमुख समेत हुन् ।

यसैबीच बैंकले सुजित शाक्यलाई पनि डेपुटी सिइओमा नियुक्त गरेको छ । यसअघि ग्लोबल आइएमई बैंकमा डेपुडी सिइओको रुपमा कार्यरत शाक्यलाई नविल बैंकमा पनि सोही पदमा नियुक्त गरिएको हो ।

केही समय अघि डेपुटी सिइओ अनिल खनालले अवकाश लिएपछि उनको स्थानमा रेग्मीलाई बढुवा गर्दै अर्का डेपुडी सिइओको रुपमा शाक्यलाई पनि नियुक्त गरिएको बैंक स्रोतले जानकारी दियो । अब नविल बैंकमा रेग्मी र शाक्य गरी दुईजना डेपुडी सिइओको रुपमा कार्यरत छन् ।

रेग्मीको नेतृत्वमा भने गत असारदेखि ‘नबिल डिजी बैंक’ सुरु गरिएको छ । बैंकले ३६औं वार्षिकोत्सवको उपलक्ष्यमा मिडियासँगको एक अनलाइन अन्तरक्रिया कार्यक्रम मार्फत उक्त घोषणा गरेको थियो । बैंकले नबिल डिजीबैंक ग्राहकवर्गले आफुले चाहेको समय, ठाउँ र सुविधा अनुसार बैंकिङ सेवा उपभोग गर्न पाउने गरि बैंकको प्रविधिमा आधारित रुपान्तरणको आधार तय गरिएको जनाएको छ । नबिल डिजीबैंक नबिल बैंकको स्थाई संरचना इकाइ रहेको र बैंकको प्रविधिमा आधारित रुपान्तरणको प्रकृयाको अपरिहार्य प्रस्थान विन्दू भएको बैंकले जनाएको छ ।