देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पोखरामा कोरोना संक्रमित वृद्धको मृत्यु

देशान्तर

पोखरामा उपचारका क्रममा एकजना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुष छन् । उनी डायविटिजिबाट समेत पीडित थिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका उनको गएराति ११ः३५ मा मृत्यु भएको हो । उनी उपचारका लागि १७ साउनमा अस्पताल भर्ना भएका थिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु भएको यो तेस्रो घटना हो ।

नेपालभर कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ७४ पुगेको छ ।