देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री ओली माेदी पथमा

देशान्तर

महामारीयता २२.५ प्रतिशत नेपालीले रोजगारी गुमाएको राष्ट्र बैंकको तथ्यांक छ । अस्पतालमा बेड थपिएका छैनन्, क्वारेन्टाइनमा जीवनजल र एम्बुलेन्स नपाएर युवाहरूको ज्यान गइरहेको छ । मध्यबर्खामा चेपाङ घर भत्काइएका छन् । तर, मूल मुद्दाबाट जनताको ध्यान भंग गर्न मन्दिर र मस्जिदको राजनीति गर्ने मोदीको सिको गर्दै ओलीले पनि रामनवमीसम्म राम मन्दिर बनाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले केपी ओलीले चितवन माडीको अयोध्यापुरीमा राम मन्दिर बनाउन स्थानीय जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । राम मन्दिरका लागि बजेटको कुनै कमी हुन नदिने भन्दै प्रधानमन्त्रीले चेपाङका घरको विषयमा भने अध्ययनपछि मात्र भन्न सकिने बताएका छन् । 

प्रधानमन्त्रीको आमन्त्रणपछि मेयर ठाकुरप्रसाद ढकालको नेतृत्वमा एउटा टोली शनिबार बालुवाटार पुगेको थियो । टोलीमा उपमेयर ताराकुमारीकाजी महतो, अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समिति माडीका संयोजक नारदमणि पौडेल, नेकपा माडी नगर कमिटीका अध्यक्ष प्रभुप्रसाद महतो, माडी नगरपालिका प्रवक्ता एवं वडाध्यक्ष सुवेदी, अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समितिका सदस्य साध्यबहादुर भण्डारीलगायतका थिए । 

माडीको टोलीलाई प्रधानमन्त्री ओलीले दिएको निर्देशनले सामाजिक सञ्जालमा बहस सिर्जना गरेको छ । ‘कोभिड महामारीले जनता त्रसित छन्, अस्पतालमा बेडको अभाव हुन थालेको छ, आवश्यक मात्रामा जनताको पिसिआर टेस्ट भएको छैन, क्वारेन्टाइनमा जीवनजलसमेत नपाएर झाडापखाला लागेका युवाको मृत्यु भएको छ, पाखामा पालमुनि वास बसिरहेका बाढी–पहिरोपीडितले सरकारबाट राहत पाएका छैनन्,’ सञ्जालको आवाज छ, ‘यही वेला गरिब चेपाङको घर हात्ती लगाएर भत्काउने र आगो लगाएर जलाउने काम भएको छ, प्रधानमन्त्री भने शीघ्रातिशीघ्र राम मन्दिर निर्माणको अभियानमा लागेका छन् ।’ 

यो मानवमूल्यलाई अवमूल्यन गर्ने ओलीको राजनीति दुनियाँका लागि नौलो भने होइन । भारतमा नरेन्द्र मोदी नेतृत्वको दक्षिणपन्थी अतिवादी भाजपाले शिक्षा र आधारभूत स्वास्थ्य सेवा नपाएका गरिब जनता, कुपोषणले ग्रसित बालबालिका र बेरोजगारीले सताइएका युवाको ध्यान भंग गर्न मन्दिर–मस्जिदको राजनीति गरिरहेको छ ।  नयाँ पत्रिका दैनिकमा खबर छ ।