देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्वमा कोरोना : ६ हजार ८१५ कोरोना संक्रमितको मृत्यु

देशान्तर

काठमाडौं । शुक्रबार विश्वमा ६ हजार ८१५ कोरोना संक्रमितको मृत्यु भएको छ । यो अघिल्लो दिनको भन्दा केही धेरै हो । विश्व स्वास्थ्य संगठनका अनुसार बिहीबार ६ हजार ४८८ कोरोना संक्रमितको मृत्यु भएको थियो । विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ७ लाख ९ हजार ५११ जनाको मृत्यु भैसकेको छ । संक्रमितको संख्या १ करोड ८९ लाख २ हजार ७३५ पुगेको छ ।

सुरुका केही समय अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको थियो । पछिल्लो समय अफ्रिकन देशमा पनि कोरोना संक्रमण महामारीकै रुपमा फैलिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ । दक्षिण अफ्रिका विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण फैलिने देशको सूचिमा पाँचौ स्थानमा आइपुगेको छ ।