देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या २० लाख नाघ्यो

देशान्तर

काठमाण्डौ – कोरोना सङ्क्रमितको सङ्ख्याको आधारमा भारत विश्वको तेस्रो सबैभन्दा प्रभावित देश हो । भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या २० लाख नाघेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा थप ५८ हजारभन्दा धेरैमा कोरोनाको सङ्क्रमण भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै भारतमा सङ्क्रमितको कुल सङ्ख्या २० लाख २१ हजार चार सय सात पुगेको हो ।

गएको २० दिनमा सङ्क्रमण दुई गुणा भएको हो । यो दर अमेरिका र ब्राजिलको तुलनामा धेरै हो । सङ्क्रमितको सङ्ख्याको आधारमा भारतभन्दा अघि पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल छ ।

भारतमा कोरोना सङ्क्रमणको कारण अहिलेसम्म ४० हजारभन्दा धेरैको मृत्यु भएको छ । मृतकको सङ्ख्याको आधारमा भारत विश्वको पाँचौँ सबैभन्दा बढी प्रभावित देश हो ।

अहिलेसम्म विश्वभर एक करोड ९२ लाख ७२ हजारभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकोमा सात लाख १७ हजारभन्दा धेरैको मृत्यु भएको छ । त्यस्तै सङ्क्रमण पुष्टि भएकामध्ये एक करोड २३ लाख ७२ हजारभन्दा धेरै निको भइसकेका छन्