देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गुगलले चीनसँग सम्बन्धित २५ सय युट्युब च्यानल बन्द गर्‍यो

देशान्तर

एजेन्सी । सर्च इञ्जिन गुगलले चीनसँग सम्बन्धित २५ सय युट्युब च्यानललाई हटाइदिएको छ ।

दुस्प्रचार गरेको आरोपमा गुगलले २५ सय वटा चिनियाँ भिडियो च्यानल हटाएको हो । यी च्यानललाई अप्रिलदेखि जुनसम्म हटाइएको हो ।

चीनसँग सम्बन्धित समन्वयात्मक प्रभावसम्बन्धी अनुसन्धानको यो एक हिस्सा रहेको पनि कम्पनीले जनाएको छ । यस्ता च्यानलहरुले गैर राजनीतिक विषयवस्तु प्रशारण गरे पनि यसले अप्रत्यक्ष रुपमा राजनीतिक विषयवस्तुसँग जोडिने र दुष्प्रचार गरेको आरोप लगाइएको छ ।

विस्तृत विवरण नदिइए पनि अप्रिलमा एउटा दुष्प्रचार अभियानको सामाजिक सञ्जालमा पहिचान र मूल्यांकन गर्ने काम ग्राफिका कम्पनीले गरेको थियो ।

अमेरिकामा हुन लागेको आम चुनावअघि प्रविधिबारे अमेरिका र चीनबीच भएको तनावकै रुपमा यस प्रकरणलाई हेरिएको छ । बुधबार मात्र, ह्वाइट हाउसले चिनियाँ स्वामित्वका डिजिटल नेटवर्क, एप्लिकेशनलहरु टिकटक, म्यासेन्जर, विच्याटले खतरा निम्त्याउने भन्दै हटाउने प्रयास थालिएको जानकारी दिएको थियो ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको मूल कम्पनी बाइटडेन्ससँग कारोबार प्रतिबन्ध गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।