देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लेबनानमा स्वास्थ्य संरचना तहसनहस

देशान्तर

लेबनानमा कोरोना भाइरसको संक्रमण व्यापक हुन सक्ने आशंका गरिएको छ । राजधानी बेरुतमा मंगलबार राति भएको विशाल विष्फोटका कारण स्वास्थ्य संचरना र सुविधा पनि तहसनहस भएकाले कोरोना संक्रमणले भयावह रूप लिन सक्ने आशंका गरिएको हो ।

लेबनानका स्वास्थ्यमन्त्री हमद हसनले घाइतेलाई सहयोग र राहतको कमीले गर्दा कोरोना संक्रमितको संख्या बढ्न सक्ने देखिएको बताएका हुन् । उनले आगामी केही दिनभित्र कोरोना संक्रमितको मात्र उपचार गर्ने अस्पतालको व्यवस्था गरिने पनि बताए ।

लेबनानमा शुक्रबारसम्म कोरोना संक्रमितको संख्या ५ हजार ६ सय ७२ पुगेको छ । जसमध्ये १ हजार ९ सय ७४ जना उपचारपछि संक्रमणमुक्त भइसकेका छन् । ७० जनाको मृत्यु भएको छ । अहिले त्यहाँ ३ हजार ६२८ सक्रिय संक्रमित उपचाररत छन् ।

बेरुत विष्फोटमा परी मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको छ । पाँच हजार भन्दा बढी घाइते छन् । करिब तीन लाख मानिस घरबारविहीन भएका छन् । सरकारले दुई साताको लागि संकटकाल घोषणा गरेको छ ।