देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमा २० दिनमा दाेब्बरले बढे काेराेना संक्रमित

देशान्तर

भारतमा कोरोना भाइरस संक्रमितको संख्या २० लाख २५ हजार नाघेको छ । अमेरिका र ब्राजिलपछि तेस्रो नम्बरमा संक्रमित संख्या रहेको भारतमा पछिल्लो २४ घण्टामा मात्रै ६२ हजार भन्दा बढी संक्रमित थपिएका छन् ।

भारतमा २० दिनमा संक्रमितको संख्या दोब्बर भएको हो । भारतमा केही दिनयता अमेरिका र ब्राजिलभन्दा तीव्र गतिमा संक्रमण फैलिरहेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ हजार नाघेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १३ लाख ७७ हजार ३ सय ८४ जना संक्रमणमुक्त भएका छन् । ६ लाख ६ हजार ३८७ जनाको उपचारको क्रममा छन् । पछिल्लो २४ घण्टामा ८ सय ९९ जनाको मृत्यु भएको छ ।

अमेरिकामा ५० लाख २८ हजार संक्रमति हुँदा १ लाख ६२ हजार ७ सय बढीको मृत्यु भएको छ । ब्राजिलमा संक्रमितको संख्या २९ लाख १७ हजार भन्दा बढी छ । विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ९२ लाख ३८ हजार पुगेको छ । मृतकको संख्या सात लाख १७ हजार पाँच सय नाघेको छ ।