देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विघटनकाे डिलमा नेकपा !

देशान्तर

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र विगत डेढ महिनादेखि जारी विवाद समाधान हुन नसक्ने दिशामा पुगेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आ–आफ्नै अडान कायमै रहँदा पार्टी विघटन हुन सक्नेसम्मको तयारी नेकपाभित्र शुरु भएको हो ।

पार्टी अध्यक्षद्वय ओली–प्रचण्डबीच वार्ता जारी रहेकै बेला बुधबार अध्यक्ष प्रचण्ड वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीको कार्यशैलीमा सुधार नआएको निष्कर्ष निकालेका थिए ।

चार शीर्ष नेताले पार्टी अध्यक्ष ओलीमाथि कडा रुपमा टिप्पणी गरे पनि जारी विवाद समाधान गर्न शुरु भएको ओली–प्रचण्डको वार्ता नै अन्योलमा परेको छ । बुधबारका लागि तय भएको दुई अध्यक्षको वार्ता बिहीबारलाई तय भए पनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले चासो नदिएपछि रोकिएको छ ।

चार नेताले आफू निकट पत्रकारहरुलाई बोलाएर ओलीको कार्यशैलीमा परिवर्तन नआएको र बारम्बार रुपान्तरणका लागि कोसिस गर्दा पनि असफल भएको अभिव्यक्तिसहित सहमति नभएको अवस्थामा बहुमतिय ढंगबाट भए पनि निर्णय गरेर अगाडि बढ्ने निष्कर्ष निकालेका थिए । नेपाल समाचारपत्रमा खबर छ।