देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कास्की काँग्रेसद्वारा पहिरो पीडितलाई सहयोग

देशान्तर

गण्डकी । नेपाली काँग्रेस कास्कीले मादी गाउँपालिका–५ ठूलोस्वाँराका पहिरो पीडित परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीले स्थानीय पुष्पकुमारी गुरुङलाई सहयोगस्वरुप १० हजार रुपैयाँ हस्तान्तरण गरे ।

विदेशमा रहेका नेपाली काँग्रेसका शुक्रराज न्यौपानेको पहलमा कास्कीका बाढीपहिरो पीडितलाई सहयोग गर्न कास्की काँग्रेसलाई पठाइएको ५० हजार रुपैयाँमध्येबाट १० हजार रुपैयाँ सो परिवारलाई हस्तान्तरण गरिएको प्रवक्ता नवीन सिग्देलले बताए ।

गत असार २५ गतेको अविरल वर्षाका कारण गुरुङको घर भत्किएको थियो । दिउँसो समयमा घर भत्किएका कारण मानवीय क्षति भने भएको छैन । सहयोग हस्तान्तरण कार्यक्रममा कास्की काँग्रेसका सभापति कृष्ण केसीले समस्यामा परेको सो परिवारलाई सहयोग गर्न सबैलाई आग्रह गरे ।

विद्यालय भवन शिलान्यास

पोखरा महानगरपालिका–३२, श्यामघाट लामेआहालस्थित राधाकृष्ण गुरुकूल संस्कृत विद्यालयको भवन शिलान्यास गरिएको छ । नेपाल सरकार पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) को ६२ लाखको आर्थिक सहयोगमा चार कोठे पक्की भवन र अपाङ्ग तथा बालबालिका मैत्री शौचालयसमेत निर्माण गर्न लागिएको हो ।

विद्यालय भवनको शिलान्यास गर्दै पोखरा महानगरपालिका–३२ का वडाध्यक्ष अक्कल बहादुर कार्कीले समाजमा सुसंस्कारका लागि संस्कृत शिक्षाको ठूलो योगदान रहेको धारणा व्यक्त गरे । विद्यालयको आर्थिक, भौतिक र शैक्षिक उन्नयनका लागि वडा कार्यालयबाट हुने आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिभक्त सिग्देल, प्रधानाध्यापक केशवराज पौडेल लगायतले विद्यालयका शैक्षिक गतिविधि सञ्चालनका लागि भवन बहुउपयोगी बन्ने विश्वास व्यक्त गरे।