देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बेलायतमा मेजर दीपक गुरुङको सम्झनामा श्रद्धान्जलीसभा

देशान्तर

लण्डन। व्रिटिश गोरखा नेपाल भूतपूर्व सैनिक (बिजीनेशा) युकेले भुपु माननिय मेजर दिपक बहादुर गुरुङ एम.भी.ओ. को असामयिक निधनप्रति श्रद्धान्जली ब्यक्त गर्दै एक शोक सभा सम्पन्न गरेको छ। नेपाल भु पू सैनिक सँघका पूर्व केन्द्रिय अध्यक्ष समेत रहेका स्वर्गीय गुरुङको गत जुलाई महिनामा काठमाण्डौको नर्भिक अस्पतालमा निधन भएको थियो।

बिजीनेशा युकेका सभापति केशवहादुर गुरुङको सभापतित्वमा सम्पन्न उक्त शोक सभामा उपाध्यक्ष दिल जी सी, कोषाध्यक्ष डम्बर गुरुङ, भोज प्रसाद गुरुङ, खुम बहादुर गुरुङ, दुर्गा राणा, एनआरएन आइसीसी सदस्य तथा आरजीएनएस उपाध्यक्ष लीलादेवी गुरुङ्गले सम्बोधन गरेका थिए भने सभाको संचालन सचिब हरिकुमार मल्लले गरेका थिए।

साउथ इस्ट लण्डनको प्लमस्टेडस्थित जिगेसो हलमा शुक्रबार सम्पन्न उक्त कार्यक्रममा स्वर्गीय गुरुङ्गको तस्बिरमा फूल माला चढाएर शोकाकुल परिवारप्रति हादि॔क सम्बेदना प्रकट गर्दै दिवंगत आत्माले चिरशान्ति पाउन भनी श्रद्धाञ्जली अर्पण गरिएको थियो। साथै एक मिनट मौन धारणसमेत गरिएको थियो। कोभिड– १९ को जोखिम मध्यनजर गर्दै सामाजिक दुरी कायम गरी कार्यक्रम सम्पन्न भएको थियो।

सोहि कार्यक्रममा बिजीनेशाका महासजिव तर्कजंग गुरुङका स्व पिता भुपु राष्टिय पञ्चायत सदस्य नन्दजंग गुरुङको अल्डरसट स्थित केयर होममा भएको असामयिक निधनमा शोकाकुल परिवार प्रति हादि॔क सम्बेदना प्रकट गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो । स्व. गुरुङ २०२१ सालमा लमजुङ जिल्लाबाट राष्टिय पञ्चायत सदश्य भएका थिए । उनी २००९ सालदेखि श्रीमतीको साथमा वेलायत आई छोरा तक॔जंग सँगै वसोवास गर्दै आएका थिए । उनले ‘नन्द जङ गुरुङ आत्मकथा’ नामक पुस्तकसमेत लेखेका छन् ।

त्यसैगरी उक्त काय॔क्रममा बिजीनेशाका कोषाधयक्ष डम्बर बहादुर गुरुङको सासुआमा अईराती गुरुङको असामयीक निधनमा शोकाकुल परिवार प्रति हादि॔क सम्बेदना प्रकट गर्दै श्रद्धाञ्जली अपर्ण गरिएको थियो ।

सभाका सभापति एबम बिजिनेशा सभापति केश बहादुर गुरुङले तिनै जनाको छोटो जिवनी प्रस्तुत गरेका थिए ।

को हुन् मेजर दिपक गुरुङ ?

पिता स्व. सुबेदार काशीराम र आमा स्व. माइतीको कोखबाट ताङतीङ घोथानेथर मामाली घरमा जन्मेका मेजर दीपक गुरुङले गाउँमा केही वर्ष बिताएर पितासँगै भारत गई बसोवास गरि प्राथमिक शिक्षा लिए । त्यसपछि नेपालमा आई २०१३ सालमा आइए सम्म शिक्षा लिई केही वर्ष शिक्षण पेशा गर्दै राजनीतिमा लागे। पछि ब्रिटिश आर्मीमा ३० वर्ष सेवा गरेर मेजर पदबाट अवकाश लिएपछि नेपालमा गएर नेपाल भुपु सैनिक सँघको सन् १९९० मा स्थापना गरि ब्रिटिश गोरखाको हक र हितको लागी पहिलो आवाज निकाली लगातर २८ वर्षको लागी ३ पटक अध्यक्ष बने । उनले २०३१ साल ताका हालको व्रुनाईमा भएको जिआरयुको स्थापना गरे । नेपाली कांग्रेसमा लगातर सक्रिय भई ६ वर्ष राष्ट्रिय सभाको सदस्य समेत भए । पूर्व सांसद, नेपाल भूतपूर्व सैनिक संघका संस्थापक तथा तमू बौद्ध सेवा समिति नेपालका संस्थापक अध्यक्ष समेत रहेका गुरुङले दर्जनौं सामाजिक संस्थामा रहेर योगदान दिए ।

ब्रिटिस सेनाका अफिसरलाई नेपाली भाषा सिकाउने काम समेत गरेका स्वर्गीय गुरुङले बेलायतकी महारानीसँग समेत निकट हुने अवसर पाएका थिए । महारानीले एकपटक भनेको कुरा सधै सम्झना गर्दै गुरुङ भन्ने गर्थे–, ‘गोर्खा अफिसर इज द भेरी ब्रेभ ।’ क्याप्टेन रामबहादुर भिसीलाई अंग्रेजी राम्ररी नआउने भएपछि उनको सहयोगी भई गुरुङले लण्डनको बकिङघम दरबारमा डेढ वर्ष काम गरे । यो अवधिमा ब्रिटिस प्रधानमन्त्री मार्गरेट थ्याचर लगायत धेरै उच्चपदस्थ मन्त्री तथा सांसदहरुसित परिचित हुने मौका पाएका थिए ।